SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१३ गते
    १५४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि पहिलो पटक आज पार्टी मुख्यालय सानेपा पुगेका छन् । खाँण विहिबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । यसअघि साउन २, भदौ ५ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी ३० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा भएपछि खाँण पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएका छन् ।

    कांग्रेसले विहिबारदेखि केन्द्रीय समिति बैठक आफू सहभागी सरकारको काम र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकवर्षे समीक्षा गरेसँगै कांग्रेसले पनि आफू सहभागी सरकार र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गरिरहेको हो।बैठकमा मन्त्री फेरबदल हुने–नहुने विषयमाथि समेत छलफल भईरहेको छ । त्यस्तै बैठकमा राष्ट्रिय सभामा उम्मेदवारको विषयमा समेत छलफल भईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं