SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/११ गते
    ४८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गोरखा पुगे । कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुगेका उनी दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी भए ।

    पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रम । बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रममा उनी ११ः४५ बजे पुगेका थिए । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकासमन्त्री सुशीला शिंखडालगायत पनि सहभागी भएका थिए ।त्यसपछि दिउँसो ३ बजे उनी पुगे गोरखाकै गण्डकी गाउँपालिका–९ स्थित घ्याल्चोक ज्यामिरघाटमा ।

    नेपाली सेनाको हेलिकप्टर चढेर पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई नातिनी प्रतिभा, ज्वाइँ विज्ञानबाबु रेग्मी र उनको परिवारले स्वागत गरे ।प्रचण्डकी जेठी छोरी रेनुकी छोरी प्रतिभा र विज्ञानबाबुबीच २९ मंसिरमा विवाह भएको थियो ।केही दिनदेखि ज्यामिरघाटमै रहेका प्रतिभा र विज्ञानले आफ्नो गाउँमा आएका हजुरबा प्रचण्डलाई स्वागत गरेका थिए । उनीहरुले प्रचण्ड फर्किने बेलामा नेपाली सेनाको हेलिकप्टर अगाडि फोटो खिचाएका थिए ।

    त्यसपछि उनले ज्यामिरघाटमा माओवादीको रुपान्तरण अभियानको कार्यक्रमलाई सम्बोधन गरे । त्यो कार्यक्रममा प्रतिभा र विज्ञानबाबु पनि सहभागी भए ।उनले स्थानीय जनप्रतिनिधिसँग पनि अन्तर्क्रिया गरे । करिब डेढ घण्टा ज्यामिरघाटमा बसेर प्रचण्ड काठमाडौं फर्किएका थिए ।सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड ३० मंसिरमा आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ध्याल्चोक आउने भनेर गृह मन्त्रालयले सुरक्षा निकायलाई पत्र पठाएको थियो । तर प्रधानमन्त्री गएनन् ।

    त्यसपछि १ पुसमा नयाँ कार्यक्रम तय भयो, ११ पुसमा प्रधानमन्त्री बारपाकमा आउने र स्थानीय सरकार तथा सरोकारवालासँग अन्तर्क्रिया गर्ने । माओवादी गोरखाका एक जिल्ला नेताका अनुसार प्रधानमन्त्री प्रचण्डको ज्यामिरघाट जाने कार्यक्रम मंगलबार मात्र तय भएको थियो ।बारपाक आउने कार्यक्रम पूर्वनिर्धारित भए पनि घ्याल्चोक आउने कार्यक्रम आकस्मिक हो’, माओवादीका ती नेताले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं