SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/११ गते
    २१४३ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यार्लीफोनिया । करिव दुईबर्ष अगाडी मेक्सिकन युवतीको अनाबश्यक आरोपको कारण जेल परेका युवा सागर देव हालै जेलबाट निस्केका छन् । उनलाई जेलबाट निकाल्ने कानुनी पहल तथा उनको बुवालाई नेपालबाट बोलाएर गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि अोझाको बिषेस पहलमा आज भेट गराईएको छ ।

    डिभि परेर अमेरिका आएका सागर देव एकपटक मात्रै नेपाल गएर फर्केका थिए, उनी नेपालबाट फर्केको केहि समयमा नै एकजना मेक्सिकन युवतीको कारण उनी जेल परे । घरमा काम गर्ने देवलाई ति युवतीले डोमेस्टक भ्वाईलेन्स, केसमा मुद्वा हालेकी रहिछन् । पहिला प्रेम जालमा पारि पछाडी फसाउने नियतमा यो सबै भएको उनको बुझाई छ । उनलाई अदालतले प्रोभेसनमा छाडेको छ ।

    उनी जेल परेसँगै नेपालमा उनको परिवारको बिचल्ली भएको थियो । एकातिर अमेरिकामा कमाउन आएको छोरा जेल पर्ने, उता नेपालमा परिवारमा समस्या त एकै पटक भयो युवाका बुवा महेन्द्र देवले सुचनाकेन्द्र डटकमलाई बताए ।

    छोरासँग भेटपछि निकै भावुक भएका बुवा देवले हामीसँग भने अमेरिकामा आफ्नो भन्ने कोही पनि थिएन, एनआरएनएले पहल गर्यो यो गुन मैले कसरी तिर्न सकुला भन्दै आजसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिए, साथै अब नेपालसम्म जाने सहयोग गरिदिन अपिल समेत गरे । नेपालमा शिक्षक पेसाबाट रिटायड भएका बुवा अहिले एनआरएनएको पहलमा छोरा भेट्न क्यार्लीफोनिया अमेरिका आएका छन् । आमाको भने केहि समय अगाडी निधन भएको देवले बताए ।

    यता एनआरएनए अमेरिका पश्चिम क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्रीले सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ । साथै क्यार्लिफोनया च्याप्टर अध्यक्ष हरि अोझा पनि अब उहाका बाउछोरालाई नै केहि समय नेपाल पठाएर आफन्त ईष्टमित्र भेटघाट गराउने र फेरी अमेरिका मै फर्काउने तयारी भन्नु भयो ।

    हालसम्म सागर देबको अमेरिकाको बसाई र आगामी दिनहरुको बारेमा पनि एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि अोझाको पहलमा सबै अमेरिकामा रहेका नेपालीहरुले धेरै सहयोग गर्नु भएको बताउनु भयो ।

    साथै यो घटनाले नेपालबाट सुन्दर भबिश्यको सपना देखेर अमेरिका आउने युवायुवतीहरु राम्रो पाठ सिकाएको छ । सानो प्रलोभनमा परेर जिन्दगी बर्वाद हुनबाट जोगिन यो घटनाले सबक समेत सिकाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं