SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/६ गते
    ८५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तारुढ दलबीच गठबन्धन निश्चित भएको र मोटामोटी भागबण्डामा समेत सहमति जुटिसकेको बताइएको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली, कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टीबीच गठबन्धनको टुंगो लागेको हो ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये प्रत्यक्षतर्फ १९ सिटमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा संसद्को सबैभन्दा ठूला दलको हैसियतमा रहेको कांग्रेसले सबैभन्दा बढि सिट दाबी गरिरहेको छ । निर्वाचन हुने १९ सिटमध्ये १० सिटमा कांग्रेसको दाबी रहेको छ । त्यसैगरी, माओवादी केन्द्रले ५ सिट, नेकपा (एस) ले तीन सिट र जसपा, जनमत र नाउपाले १/१ सिटमा दाबी गरेका छन् । सबै दलहरुलाई मिलाएर लैजाँदा कांग्रेस र माओवादीले कम सिट पाउने निश्चित छ ।जसअन्तर्गत बागमतीमा ४, कर्णाली, सुदूरपश्चिम गण्डकीमा ३/३ कोशी प्रदेशमा २, मधेस प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ सिटमा निर्वाचन हुँदैछ ।

    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि गठबन्धन गर्न नहुने आवाज उठाउँदै आएका थिए । कांग्रेसबाट निर्वाचित भएका ४ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वयको उक्त आवाजमा बन्द गराउँदै गठबन्धनमार्फत नै राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुँदा सबैभन्दा बढि फाइदा आफूहरुलाई नै हुने भएपछि अन्ततः कांग्रेसले गठबन्धनको नीतिलाई निरन्तरता दिन लागेको हो ।

    त्यस्तै, माओवादी केन्द्रबाट निर्वाचित भएका ३ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । तर, माओवादीले भने आसन्न निर्वाचनमा ५ सिट दाबी गरिरहेको छ । त्यस्तै, नेकपा (एस) बाट निर्वाचित दुईं जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिन लागेको भएपनि उसले ३ सिटमा दाबी गरिरहेको छ । जसपाबाट निर्वाचित एक र एक स्वतन्त्र निर्वाचित सांसदको पनि पदावधि सकिँदैछ । जसपाले रिक्त हुने एक सिटमा दाबी गर्ने निश्चित रहेको छ । साथै, लुम्बिनीमा पनि दाबी गर्ने तयारी रहेको जसपाका एक नेता बताउँछन् । त्यसैगरी, जनमत र नाउपाले पनि राष्ट्रिय सभामा १/१ सिटको दाबी गरिरहेका छन् ।

    यसरी, सत्तारुढ छ दलले गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने तयारी गरिरहँदा एमालेलाई भने पहिलेकै सिट जोगाउन मुश्किल हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका दलबीच कुनै नाटकीय परिवर्तन भएको खण्डमा बाहेक एमालेलाई यो राष्ट्रिय सभा निर्वाचन पनि चुनौतिपूर्ण हुने निश्चित छ । यसअघि २०७८ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशमा भने एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका थिए । शेर्पा विजयीसँगै एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं