SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/५ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज (बिहीबार) मधेश प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले छिट्टै कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन् । उनले अब कांग्रेसले संघदेखि वडासम्म नेतृत्व गरेर सुशासन, समृद्धि र जनताको पक्षमा काम गर्ने बताए ।

    ‘केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ। सिंगो देशको जिम्मा हामीले लिन्छौं,’– उनले भने ।एमालेले जबसम्म केपी ओली प्रधानमन्त्री बन्दैनन् तबसम्म यो देश बन्दैन भनेर गलत प्रचार गरेको भन्दै उनले आपत्ति जनाए । उनले कांग्रेस नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्ने दाबी गर्दै मिसन ०८४ आवश्यक नरहेको बताए ।

    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको आगामी पुस १० गते एक वर्ष पूरा हुँदैछ । गठबन्धन दलका नेताहरुका अनुसार प्रचण्ड पहिलो दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल एक वर्ष र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सो सहमतिअनुसार कांग्रेस नेतृत्वको सरकार बन्न अझै दुई वर्ष कुर्नुपर्ने हुन्छ । तर, गगनले मधेश पुगेर केही महिनामै कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं