काठमाण्डाै ।जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका काभ्रेपलाञ्चाेककाे चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज मङ्गलवार नेपाल फिर्ता ल्याइएको छ ।
लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्युराे (एनसीबी) काठमाण्डाैकाे अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध ‘रेड नोटिस’ जारी भएको थियो ।