SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/३ गते
    ४३३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ र सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहने राप्रपाले जनाएको छ ।

    त्यस्तै पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरिएको छ ।

    राप्रपाले मुलुकको बिग्रदो अर्थतन्त्र, बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्न लागेको हो । त्यस्तै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि दबाव सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं