SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१ गते
    ५०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। रुसी सेनामा कार्यरत रहेका थप एक नेपालीको ज्यान गएको छ । तीन महिनाअघि दुबईबाट रुस पुगेका कैलालीको टीकारपुर नगरपालिका १ का ३६ वर्षिय भरत साहको मृत्यु भएको हो । उनको शुक्रबार निधन भएको जनाईएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा कुनै जानकारी दिएको छैन् । तर, उनको परिवारले कुशको शव बनाएर दाहशंस्कार समेत गरिसकेका छन् । उनी नेपाल प्रहरीको जागिर छाडेर दुबई गएको स्रोतले बताएको छ । दुबईबाट उनी तीन महिनाअघि मात्र रुस पुगेका थिए । मृतक शाहका श्रीमति, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको छन् ।

    थप एक जनाले ज्यान गुमाएसँगै रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसअघि सन्दिप थपलिया (गोरखा) , रुपक कार्की( वाणगंगा(१, (कपिलबस्तु), देवान राई(पोखरा, (कास्की), पितम कार्की( पुतलीबजार (स्याङ्गजा), राज कुमार रोका( मेलुङ्ग(६, (दोलखा), गंगाराज मोक्तान( इलाम(५, (इलाम) ले रुसी सेनामा रहेर ज्यान गुमाएको परराष्ट्र मन्त्रालय पुष्टि गरेको थियो ।

    नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

    यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा हाल नेपालका २ सय जनाभन्दा धेरै युवा कार्यरत रहेको सूचना आफूहरुलाई आएको जानकारी गत साता पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं