SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/३० गते
    २०१३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौंं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

    ‘उनीमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप थियो’, उनले थपिन्, ‘सबैबाट गरेर १ करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीसँग छ ।’

    सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले सम्बन्धित व्यक्तिलाई खोजी गर्छन् ।

    लोकेट भएपछि रेड नोटिस जारी गर्न अनुरोध गर्ने राष्ट्रको प्रहरीसँग समन्वय गरेर डिपोर्ट गर्ने गरिन्छ । लोकेट भएपछि नेपाल फर्काउन इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले समन्वय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं