SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२९ गते
    १०६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।सत्तरुढ दलबीच राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन हुने भएको छ । आज (शुक्रबार) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन गरेरनै राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुनुपर्ने निश्कर्ष निकालेको हो । रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुँदैछ । कांग्रेसले १९ सिटमध्ये १० सिटमा दाबी गर्ने तयारी गरेको छ । त्यसैगरी, पार्टीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि टिकट बाँड्ने जिम्मा कांग्रेसले सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    २०७९ मंसिर ४ गते भएको संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलबीच गठबन्धन भएको थियो । पछिल्लो समय अब निर्वाचनअघि गठबन्धन गर्न नहुने पक्षमा वकालत गर्दै आएको कांग्रेसले अन्ततः गठबन्धन संस्कृतिलाई नै निरन्तरता दिन लागेको हो ।

    त्यस्तै, अन्य दलहरु पनि गठबन्धन गरेरै राष्ट्रिय सभा सदस्य निर्वाचनमा जानुपर्ने बताउँछन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुवोधराज शेर्पाली अहिले गठबन्धनको सरकार रहेकाले सरकारमा अझ बढि विश्वासको वातावरण बनाउन राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन हुनुपर्ने बताउँछन् ।त्यस्तै, खास्सै जनाधार नरहेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनकै पक्षमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं