SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२७ गते
    ३८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा राम्रो काममात्रै गर्ने र कसैलाई पनि गलत गर्न नदिने बताएका छन् । आज (बुधबार) काभ्रेको पाँचखालमा आयोजित महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि भएको बताएका हुन् ।

    ‘अहिले पनि सरकारले केही प्रतिज्ञा गरेको छ । यसपटक मैले भन्ने गरेको छु– ‘‘मेरो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुनेछ ।’’ मैले यो पनि भनेको थिएँ– मैले राम्रा काम मात्रै गर्नेछु र कसैलाई गलत गर्न दिने छैन । त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको छु र देश बनाउने यात्रा निरन्तर जारी छ,’– उनले भने ।

    वर्तमान सरकारले मलखाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यवसायिक कृषि, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आएका उनले बताए ।अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गराएको पनि उनले बताए । आफूले आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको पनि उनले बताए ।आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको उनले बताए ।

    उनले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका केही ठूला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने र त्यसले कृषिमा आधारित सयौं उद्योगहरू स्थापना गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।अहिले आफ्नो जोड जल विद्युत क्षेत्रमा रहेको उनले बताए । सरकारले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेको पनि उनले स्मरण गराए ।

    त्यस्तै, चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको उनले बताए । देशभित्र विद्युत खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सकियो भने नेपाल बन्न धेरै समय कुर्न नपर्ने उनको भनाइ छ । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ भएको स्मरण गराए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं