SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२४ गते
    ५४७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसमा महासमितिको बैठक फेरि सार्ने प्रयास सुरु भएको छ । महासमितिको बैठकमा सार्न सभापति शेरबहादुर देउवाकै जोडबल रहेको कांग्रेसका नेताहरुले बताएका छन् ।

    यसअघि मंसिर १३ देखि १५, मंसिर २९ देखि पुस २ र पुस १६ देखि १९ सम्मका लागि गरी तीन पटक मिति तोकिएको थियो । तर सभापति देउवाले जाडोको समयमा महासमिति बैठक नगरौं भन्ने थालेका छन् ।

    ‘अरु कुनै कारणले महासमिति बैठक सर्ने अवस्था छैन । अलि पाको उमेर समूहका नेताहरुले जाडो महिनामा महासमिति बैठक नभइदिओस् भन्ने छ’, कार्यसम्पादन समितिका एक सदस्यले भने । उनका अनुसार सभापति देउवाले १/२ दिनमा कार्यसम्पादन समिति बैठक बोलाएर उक्त विषयलाई प्रवेश गराउने सम्भावना छ ।

    सभापति देउवाले माघको अन्त्य वा फागुनमा महासमिति बैठक गर्न चाहेको निकटवर्तीहरु बताउँछन् ।पार्टी विधान अनुसार महाधिवेशन नभएको वर्षमा महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।यसपटकको महासमिति बैठकलाई ‘नीति महाधिवेशन’का रुपमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।

    महासमिति बैठकका लागि निर्वाचन समितिले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये २४ क्षेत्र बाहेकमा प्रतिनिधि छनोट गरेको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मंसिर २० गतेसम्म छनोट गर्ने अवधि तोकिएपनि त्यस समयभित्र २४ क्षेत्रमा प्रतिनिधि छनोट हुन नसकेको बताए ।

    ‘हामीलाई आएका नामहरु पार्टीलाई पठाइदिने हो । महासमिति प्रतिनिधि आएका ठाउँबाट नाम पठाइदिएका छौं’, समितिका सचिव श्रेष्ठले भने । प्रतिनिधि छनोट नभएकै कारणले महासमिति बैठक रोकिने अवस्था नहुने श्रेष्ठले बताए । महासमितिका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना सहभागी हुने व्यवस्था छ ।महासमितिका लागि नीति प्रतिवेदन पेश गर्ने जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काको छ ।

    संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री गगन थापा र राजनीतिक प्रतिवदेन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गर्ने भएका छन् । प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएकाहरुबाट महासमिति सार्नुपर्ने कारण नरहेको नेताहरुको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं