SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२४ गते
    ४२३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ ।सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिए ।

    सुन्दर बजार नगरपालिका वडा नम्बर ८ मा २२ गते रातिसम्मै क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियोे । भोेज खाएर फर्केकाहरुमा शनिबारदेखि पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार सामूहिक भोज खाएर गम्भीर विरामी परेका ३ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने बाँकीको नमूना सुन्दर बजारमा उपचार भइरहेको छ ।

    ‘खाना आएर फर्केको भोलिपल्टबाटै समस्या देखिन सुरु गरेकोे भए पनि आइतबार बिहानबाट उपचारका लागि अस्पताल पुर्‍याउन सुरु गरिएको थियो । अस्पताल पुर्‍याएर लगत्तै देवी परियारको मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए,’ लमजुङका सिडिओ अधिकारीले भने, ‘यो दुर्घटनको अनुसन्धान सुरु भइसकेको छ ।’

    सामूहिक भोजमा मासु, भात, दाल, तरकारी, मुलालगायतको अचार खाएको पाइएको प्रहरीले जनाएकोे छ ।भोजमा प्रयोग भएको खाद्यन्नको नमूना संकलन गरिसकिएको छ । नमूना पहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा पठाइने र त्यहाँ पनि पत्ता नलागे काठमाठौं पठाउने सिडिओ अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं