SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/१३ गते
    ३७० &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलवस्तु,।पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन अहोरात्र खटेका हुन्छन ति संस्था मध्येको एक शान्ति पनर्स्थापना गृह (prc) पनि हो।

    कपिलवस्तु जिल्लाको चन्द्रौटा बाट शान्ति पनर्स्थापना गृहका कपिलवस्तु संयोजक बसन्ती जिसी सहितको ३ जनाको टोलीले ७ जना चेलीहरु भारत हुदै तेस्रो मुलुक जाने सूचनाका आधारमा नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको छ।

    बुटवल बाट नेपालगन्ज हुदै भारत भइ ओमान तथा कुबेत जान लागेको शान्ति पनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराईले सूचना पाए सो सूचना उहाँ ले पीआरसी का कपिलवस्तु संयोजक बसन्ती जिसी लाई दिन साथ उद्धार गर्ने कार्य अगाडि बढाइयो।
    शान्ति पनर्स्थापना गृह चन्द्रौटा आफिसको सहयोग लिई नेपाल प्रहरीको सहयोगमा बसन्ती जिसीले ति सात चेलीलाई उद्धार गर्न सफल भइन।

    उद्धार गरिएक सात जना महिलाहरु उदयपुर जिल्लाकी १ जना, सप्तरीकी २ जना, चितवनकी १ जना, सुनसरीकी १ जना, झापाकी १ जना, सिन्धुपाल्चोक जिल्लाकी १ जना गरि सात जना रहेकी छन्। उनीहरु संग सोधपुछ गर्दा भारतको दिल्ली हुदै एक जना ओमान तथा अन्य छ जना दिल्ली हुदै कुबेत जान लागेको रहस्य खुलेको तथा उक्त घटनामा संलग्न अन्य व्यक्ति हरूको प्रहरीको सहयोगमा खोज तलास गर्ने शान्ति पनर्स्थापना गृहकी कपिलवस्तु संयोजक बसन्ती जिसीले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं