SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/६ गते
    ५८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ ।युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यस्तै इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने छ ।

    इजरायली र अन्य विदेशी नागरिकसँगै हमासले कब्जामा लिएर बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ । तर इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको बताइन् ।

    ‘सरकारले हामीलाई औपचारिक हिसाबले यस विषयमा जानकारी दिएको छैन । तर हाम्रो अनौपचारिक संवादमा को–को रिहा हुनेछन् भन्ने बारेमा इजरायल सरकारलाई पनि जानकारी छैन, संख्या मात्रै तय भएको भनिएको छ’, राजदूत रिजालले भनिन्, ‘हामीले सुरुदेखि गरिरहेको पहललाई निरन्तरता दिइरहेका छौं । हाम्रो अपेक्षा विपिनलाई पनि यही चरणमा रिहा गरियोस् भन्ने हो ।’ इजरायली अधिकारीहरूले यो चरणमा रिहा हुनेमा बालबालिका र महिलाहरू हुनेछन् भन्ने बाहेक अरु जानकारी नदिएको राजदूत रिजालले बताइन् ।

    नेपालले आफ्ना नागरिकको रिहाका लागि इजरायलसँगै हमास समूहसँग संवादमा रहेका अन्य कूटनीतिक सम्बन्ध रहेका देशहरूसँग पनि आग्रह गरिरहेको छ ।परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जस्सिम अल थानीसँग पनि निरन्तर संवाद गरिररहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसपटक हमास–इजरायल युद्धबिरामका लागि कतार, इजिप्ट र अमेरिकाको प्रयासले सहमति जुटेको जनाइएको छ । यस कारणले विपिनको रिहाको सम्भावना रहेको अपेक्षा गरिएको छ ।

    परराष्ट्र मन्त्रालयले विपिन हमासको नियन्त्रणमा रहेको र उनी सुरक्षित रहेको बताएको थियो । यद्यपि, उनको अवस्था अझै यकिन हुन नसकेको इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । सोही दिन परराष्ट्रमन्त्री साउदले कञ्चनपुरस्थित विपिनको परिवारलाई भेटेर उनी हमासको नियन्त्रणमा सुरक्षित रहेको र रिहाका लागि पहल भइरहेको जनाएका थिए ।

    यहीबीचमा इजरालयी रक्षा बल (आईडीएफ) ले पनि हमासले एक नेपाली र एक थाई नागरिकलाई बन्धक बनाएको भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो । गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट विपिन हमास समूहको कब्जामा परेका थिए ।इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं