SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/४ गते
    ३८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ ।

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै(सोमबार) निकासा भएको हो ।जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको हो ।

    त्यो रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने छन् । अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं