SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१९ गते
    ३९० &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र।कपिलवस्तु ।कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ।जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको छ।

    सो क्षेत्रमा बसोबास गर्ने जनता तथा मदरसाका लागि स्वच्छ खानेपानी वितरण हुने उद्देश्यका साथ मदरसाले जग्गा उपलब्ध गराएको तथा जामिया सिराजुल उलुम मदरसा हरेक धर्मका व्यक्तिको शुख दुखमा हातेमालो गर्दै आएको एक धरोहरको रूपमा रहेको जानकारी लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जानकारी दिए।

    जग्गा हस्तान्तरण करारनामा समझौतामा अल्ताफ अहमद खान, डा. अब्दुल गनि अल्कूफी, मौलाना मशहूद खां नेपाली, सोहन लाल गुप्ता, धन प्रकाश विष्ट, राजन प्रसाद यादव, खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयका कानून अधिकृत ध्रुव भण्डारी, वडाध्यक्ष सगीर अहमद खां लगायत व्यक्ति हरु जग्गा हस्तान्तरण करारनामा समझौतामा साक्षी रहेका थिए।

    सिराजुल उलुम अल्सलफीया मदरसाले २०७२ को महा भकम्पमा समेत पिडित लाई यथासम्भव सहयोग गरेको, कोरोना महामारीका बेला समेत यथासम्भव सहयोग गर्दै आएको आज स्वच्छ खानेपानीका लागि गरेको कार्य आफैमा सराहनीय रहेको बताउदै उक्त मदरसाले धार्मिक सहिष्णुता कायम गर्न सधै योगदान दिदै आएको राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले बताए।जग्गा उपलब्ध गराएकोमा मदरसालाई हार्दिक धन्यवाद दिदै निर्माण कार्य छिट्टै संचालनमा आउने नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगर प्रमुख रमेश मगरातीले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं