SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१७ गते
    ४७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोपका ३ देशमा राष्ट्रपतिबाट हुने भ्रमण स्वीकृत गरेको हो ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जानेछन् । त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किनेछन् ।

    सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ । त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

    कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं