SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१६ गते
    ४७२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अपराधीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार उदासिन बनेको बताएका हुन् ।

    हरेक दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहेका छन् । तर, सरकार दोषीहरुलाई दण्डित गर्न, दोषीहरुलाई कानुनको दायरामा ल्याउन र उनीहरुलाई कानुन बमोजिम कारबाही गर्न सरकार उदासिन छ,’– उनले भने ।

    कानुनले दण्डित गरेका अपराधी, ज्यानमारा र हत्याराहरुलाई सरकारको सिफारिसमा उन्मुक्ति दिइएको भन्दै उनले आपत्ति जनाए । नवौं संविधान दिवसको दिन आममाफी पाएका रिगल डन भनिने योगराज ढकालको विषयतर्फ केन्द्रीत हुँदै उनले गम्भीर विषयमा राष्ट्रपतिले एक शब्द पनि नसोधी आममाफीको निर्णय अनुमोदन गरिदिएको बताए । सरकारले रिहा गरेका अपराधीहरुले अहिले पुनः वितण्ड मच्चाइरहेको उनको भनाई छ । आफूले रिहा गरेका अपराधीहरु पुनः अपराध कमर्मामा लागिरहँदा पनि सरकारले नचेतेको र लाज नमानेको उनले टिप्पणी गरे । यस्तो सरकारबाट शान्ति सुरक्षा र अमन चयनको अपेक्षा गर्न नसकिने उनको भनाई छ ।

    ‘सरकारले रिहा गरेका अपराधीहरुले रिहा भएको भोलिपल्टदेखि फेरि मान्छे मार्न हिँडेका छन् । फेरि हत्या गर्न हिँडेका छन्, बालात्कार गर्न हिँडेका छन्, सामुहिक हत्याको योजना बनाएर हिँडिरहेका छन् । तर, सरकारलाई लाज छैन । अपराधीहरुलाई छाड्ने र बाहिर निस्किएको अपराधीहरुले अपराध कर्म बढाउने सरकार तमासा हेरेर बसेको छ । यस्तो सरकारबाट शान्ति सुरक्षा, अमन चयनको हामीले कुनै अपेक्षा गर्न सक्दैनौं । अराजकताले सीमा नाघेको छ,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं