SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१४ गते
    ४६२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म नै टिक्ने दाबी गरेका छन् । उनले वर्तमान गठबन्धन पाँच वर्ष नै टिक्ने र कसैले चाहेर पनि गठबन्धन भत्काउन नसक्ने दाबी गरेका हुन् । भोलि (बुधबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।

    उनले आफू सरकारको नेतृत्वमा आएपछि सबै देशसँग सन्तुलित विदेश सम्बन्ध कायम गरेको दाबी गरे । भारतीय समकक्षीय नरेन्द्र मोदीसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको उनको दाबी छ । चीन र अमेरिकासँग पनि राम्रो सम्बन्ध रहेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले चीनको बीआरआईअन्तर्ग नेपालले ऋण नलिने बरु अनुदान लिने बताएका छन् ।

    सो क्रममा उनले आफू र कांग्रेस सभापति शेरबहादुर देउवावीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै आफूहरुबीचको सम्बन्ध कसैले पनि तोड्न नसक्ने जिकिर गरे । उनले भने,”म र देउवाजीको सम्बन्ध तोड्ने कोही जन्मिएको छैन् । यो गठबन्धन मजबुद छ ।”

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मोर्चागत रुपमा सहकार्य गरिएपनि पार्टी एकता अब असम्भव भएको टिप्पणी गरे । एमालेसहितको सरकार हुँदा आफूले ओलीसँग सल्लाह गरेर नै फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री दाहालको भनाई छ । उनले भने,”मैलै केपीजीको सहमतिमा नै जनयुद्ध दिवसको दिन विदा दिने निर्णय गरेको हुँ । अहिले आएर ओलीजीले झुटो कुरा गर्न मिल्छ ? त्यतिवेला मैले उहाँसँग सोधेको थिएँ, उहाँले हुन्छ भनेर भनेको हो । आफू सत्तामा हुँदा ठीक भन्ने अनि बाहिरिएपछि बेठिक भन्ने ? म जनयुद्ध दिवसको बारेमा सबैसँग बहस गर्न तयार छु ।”

    फरक प्रसंगमा उनले माओवादीले मंसिर २२ गतेबाट संघर्ष गर्ने घोषणा गरेको कार्यक्रमलाई आन्दोलनको रुपमा भन्दापनि जनपरिचालनको रुपमा लिन आग्रह गरे । उनले पाँच दलीय गठबन्धनमा सबैसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि राम्रो सम्बन्ध रहेको सुनाए । उनले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नहुने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं