SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१२ गते
    ५४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले रवि लामिछानेको चुनौतीको जवाफ जनतालाई डेलिभरीमार्फत दिनुपर्ने औंल्याएका छन् ।‘पुराना दलहरूमाथि प्रश्न उठेका छन् । उनीहरूमाथि रवि लामिछानेहरूले चुनौती दिएका छन् । तर नयाँ दलको पनि टेस्ट भइसकेको छैन । अब हामीले छलफल, बहस र डेलिभरी दिएर मात्र त्यसको सामना गर्न सक्छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

    भण्डारीले पुराना दलहरूले देश र जनतालाई निकास दिन सक्नुपर्ने पनि बताए । उनले भने, ‘निकास भनेको सरकार परिवर्तन होइन । दलको काम सधैंभरि सरकार बदलिरहने मात्र हो र ? ए बाट बी, बी बाट ए बदल्दैमा केही हुँदो रहेनछ भन्ने देखिसकियो ।’

    साथै, उनले खालि सरकार परिवर्तन हुन्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तर्साउनुको औंचित्य नभएको बताए । भण्डारीले भने, ६–७ महिनापछि सरकारको नेतृत्व स्वतः हस्तान्तरण हुने भएपछि अहिले नचाहिने नखरा किन गर्नुपर्‍यो? प्रधानमन्त्रीलाई तर्साइरहने कि काम गर्न दिने ?’

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं