SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१२ गते
    १२३८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।जिल्ला प्रशासन कार्यालय पर्वतले नेपालमा नै पहिलोपटक गैह्र आवासीय नेपालीलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । नेपालको संविधान अनुरुप नेपालबाट वैदेशिक रोजगारी तथा अन्य विभिन्न शिलशिलामा नेपाल बाहिर रहेका प्रवासीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्ति सहितको गैह्र आवासीय नेपाल नागरिकता प्रदान गर्ने प्रावधान अनुरुप जिल्ला प्रशासन कार्यालय पर्वतले नेपालमा नै पहिलोपटक नागरिकता जारी गरेको हो ।

    पर्वतको जलजला गाउँपालिका– ७ धाइरिङ घर भई हाल बेलायतमा व्यावसायिक शिलशिलामा रहनुभएका गैह्र आवासीय नेपाली संगठनका निवर्तमान अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले जारी गरेको नागरिकता प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण सँगै दाहालले गैह्र आवासीय नागरिक कुल आचार्यलाई कात्तिक ३ गते प्रदान गरेर कानुन कार्यान्वयन भएको घोषणा गरिएको थियो ।

    प्रमुख जिल्ला अधिकारी आचार्यले नागरिकता जारी गर्दै प्रवासमा रहेका नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नेपाली नागरिकता प्रमाणपत्र नेपालमा नै पहिलोपटक जारी गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

    नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । अन्य देशको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि अन्य देशको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

    संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो ।

    इन्सेक अनलाइनबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं