SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१० गते
    ४०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ ।

    महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढलेकाे हेर्न जनता आँतुर रहेकाे समेत बताए । उनले भने, याे सरकारसँग काेही पनि खुसी छैन । जनता याे सरकार कहिले ढल्ला भनेर हेर्न आतुर छन् । अब अति भयाे । यसरी नै लुटिरहन दियाैं भने देश नै समाप्त हुन्छ । तिहारपछि मेरै नेतृत्वमा हामी सरकार ढाल्न अघि बढ्छाैं, हेर्नु हाेला,´ नेपाली रेडियाे नेटवर्ककाेनेपाली बहस´का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

    सांसद राणाले संघीय लाेकतान्त्रिक गणतन्त्र सडकबाटै ढाल्ने पनि बताए । `राणा, पञ्चायत, प्रजातन्त्र पनि सडकबाटै ढलेकाे हाे । गणतन्त्र पनि सडकबाटै ढाल्छाैं । सदन, सडक र जनमतसंग्रह जनसुकै तरिकाले सरकार र व्यवस्था ढाल्न सकिन्छ । यसमा तपाईं शंकै नगर्नुस् ।´

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं