SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१ गते
    ४८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै विजयी सुरुवात गरेको छ । विजयी सुरुवात गर्नेक्रममा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।

    मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको विजयी लक्ष्य पछयाएको नेपालले १८ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले । ३८ बलको सामना गरेका रोहितले ५ चौका र १ छक्काको मद्दतमा ५१ रनको अविजित पारी खेले । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३ रन जोड्दा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै आसिफ शेखले २३, कुशल भूर्तेलले १४ र कुशल मल्ल लेपनि ११ रन थपे ।

    बलिङतर्फ यूएईका अलि नसिरले एक विकेट लिए । यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि यूएईले १४० रन जोडेको थियो । निर्धारित २० ओभरमा यूएईका वसिल हमिदको ५१ रनको मद्दतमा यूएईले १४० रन जोडेको हो । नेपालका लागि करण केसीले तीन तथा गुल्सन झाले २ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा भोलि हंकङ्गसँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं