SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/३० गते
    ४४४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ ।त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र बहादुर दरै, सुचना संप्रेशण तथा जनचेतना अभिवृद्धि तर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित भएका छन् ।

    उत्कृष्ट सवारी चालक तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा, इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका प्रहरी जवान कुमार फाल मगर योगेन्द्र स्मृति शाहसिक पुरस्कार र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी जवान किरन थापा बाह्य प्रशिक्षण तर्फ उत्कृष्ट भएका हुन् ।

    त्यसैगरी प्रहरी कार्यमा सहयोग पुर्‍याउने पोखरा १५ का समाजसेवी एवं शिक्षाविद प्रेम बहादुर थापा र मुस्ताङ थासाङ गाँउपालिका २ कोबाङ हाल म्यादी अन्नपूर्ण ३ दाना निवासी बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन् ।

    समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउने सर्व साधारण तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका राम प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी कास्कीका अध्यक्ष मिरा आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका पूर्व अध्यक्ष मनपति भण्डारी र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ कास्कीका संस्थापक अध्यक्ष मोति गिरी सम्मानित भएका छन् । त्यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउने स्थानीय तहतर्फ स्याङजाको अर्जुनचौपारी गाँउपालिका र बाग्लुङको बडिगाढ गाउपालिका सम्मानित भए ।

    ८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीतर्फ कास्कीको रुपा गाँउपालिका ५ देउरालीका पूर्व प्रहरी सहायक निरीक्षक सिद्धिनारायण श्रेष्ठ सम्मानित भएभने नेपाल प्रहरी विद्यालय उत्कृष्ट शिक्षक तर्फ नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका मा.बि. नेपाली शिक्षक राजन सिग्देल सम्मानित भए । सम्मानितहरुलाई गण्डकीप प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रले सम्मान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं