SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२८ गते
    ८३९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

    अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको तेल अबिबस्थित नेपाली दूतापवासले जनाएको छ । इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ ।

    इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं