SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२८ गते
    ४०५७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । उनले नेकपा एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

    कार्की शनिबार एमालेको ३९ सांसद र कांग्रेसको विद्रोही समूहको ८ सांसद्को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । सत्ता गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि पार्टीबाट विद्रोह गर्दै नेता शेखर कोइरालाको साथले केदार कोशीको मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ मा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुनपर्ने र कुनैपनि सांसदलाई दलको ह्वीप नलाग्ने व्यवस्था रहेको छ । कार्कीले त्यही व्यवस्थाको फाइदा लिँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

    केदार कोशीमा मुख्यमन्त्री नियुक्त हुनासाथ काठमाडौंमा भएको एउटा लिखित सहमति भने २४ घण्टामै उल्लंघन भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेता डा शेखर कोइरालाबीच वर्तमान सत्ता गठबन्धनलाई कायमै राख्ने र अझ मजवुद बनाउने लिखित साहमति भएको थियो । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका थिए ।

    शनिबार तीन नेताबीच भएको उक्त लिखित सहमतिको तात्पर्य केदार कार्की नेतृत्वको सरकारलाई गठबन्धनकै सरकारमा बदल्ने र नेकपा एमालेलाई प्रतिपक्षीमा धकेल्ने रहेको विश्लेषण भएको थियो । तर त्यसको २४ घण्टाभित्रमै एमालेसहितको मन्त्रिपरिषद् विस्तार भएपछि उक्त सहमति उल्लंघन भएको र प्रदेशको सत्ता गठबन्धन भत्किएको चर्चा सुरु भएको छ । भने शेखर कोइरालाले सहमति उल्लंघन गरेको आरोप लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं