SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२८ गते
    १५८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई भारतको मुम्बई लगिएको छ ।दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ हो ।

    श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्‍याए हुन् ।

    आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

    शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको थियो ।

    हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं