SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२७ गते
    ४४३ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर ।नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ।

    नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथीमा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, विशिष्ट अतिथिमा शान्ति देवी हरिजन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली , राजेन्द्र अचार्य, राम विलास यादव लगायत अन्य रहेका थिए।

    कार्यक्रममा बोल्दै बिष्णु बेल्वासेले अहिलेको वर्तमान संविधान सबै जातजाती, धर्म समुदायको अधिकार लाई लिपिबद्ध गर्ने काम नेकपा माओवादीले गरेको यस्को रक्षा पनि माओबादीले गर्ने बताए।कार्यक्रममा बोल्दै राजेन्द्र अचार्यले देशमा भएको ठूलाठूला भ्रष्टाचारको यो सरकारले विरोधी अभियान चलाएर ठूलाठूला लाई जेल तान्ने काम भएको छ। तथा नगरको आगामी कार्ययोजना बारे प्रकाश पार्नुभयो।

    कार्यक्रममा बोल्दै शान्ति देवी हरिजनले मधेशी, महिला, दलित र मुस्लिमको अधिकार एमाले कांग्रेस जस्ता पार्टीले गर्न नसक्ने बताउदै माओबादी बाट मात्र सम्भव रहेको बताउनुभयो।कार्यक्रममा बोल्दै राम विलास यादवले धेरै बर्ष एमालेमा रहेर जीवनमा गल्ती गरेको तथा अबको यात्रा जनताको साथ दिने माओवादी पार्टी संग रहने बताए।

    कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा एमाले पार्टी परित्याग गरि आएका नव आगन्तुक साथी लाई स्वागत गर्दै माओबादी पार्टी बाट मात्र परिवर्तन सम्भव रहेको तथा अबको अगामी दिनमा माओबादी केन्द्र पार्टी अझै जनताको मन जित्दैजाने बताए।कार्यक्रममा नगर कमिटी सदस्य लगायत पार्टी समर्थक हरूको उपस्थित रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं