SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२७ गते
    ५३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताएका छन् ।शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर गरे ।

    ‘आज विहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ’ प्रचण्डले भने, ‘अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’

    कोशीमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता केदार कार्कीले कांग्रेसका ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र उनलाई शनिबार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।यसै सन्दर्भमा प्रचण्डले कोशीमा समस्या देखिएको स्वीकार गर्दै त्यसलाई समाधान गरेको बताए । ‘वास्तवमा त्यो एउटा समस्या त पक्कै पनि हो, तर पनि त्यसलाई सेटलमेन्टमा लगिएको छ । मलाई लाग्छ अन्ततः गठबन्धन बलियो हुने ठाउँतिरै अघि बढ्छ’ उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई सत्तागठबन्धनका सबै दलको समर्थन रहने र विश्वासको मत दिने बताए । ‘गठबन्धन इन्ट्याक्ट रहन्छ, गठबन्धनकै उम्मेदवारकै रुपमा हाम्रो समर्थन रहन्छ’, उनले भने ।कोशीमा सर्वदलीय सरकार बन्ने हो भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘त्यो विषय असम्भव भन्ने त छैन, तर तत्काल सर्वपक्षीय बन्ने सम्भावना म चाहिँ देख्दिन । अहिले गठबन्धनकै बन्छ ।’

    मुख्यमन्त्रीमा दाबी पेश गर्दा कार्कीलाई एमालेका ३९ प्रदेशसभा सदस्यले समर्थन दिएका थिए । अब एमालेले के गर्छ त भन्ने प्रश्नमा प्रचण्डले भने, ‘एमालेले बुझ्ने कुरा हो ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं