SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२५ गते
    ४५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ ।परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा नेपाल वायुसेवा निगमको विमान इजरायल अवतरण गर्नेछ ।

    त्यसपछि नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको जोशीले जानकारी दिए ।नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।

    नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् । मन्त्रालयका अनुसार मन्त्री साउदको इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाललगायतसँग विमानस्थलमा भेट गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं