SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२२ गते
    ७८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा जहाज पठाउनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

    ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव हुँदैन, त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्नुपर्छ,’ उनले भने, ‘समन्वय गरेर लैजान सम्भव भएको अवस्थामा हामी तयारी अवस्थामा रहन्छौं ।’

    यसका लागि नेपाल एयरलाइन्सदेखि हिमालय एयरलाइन्स जसको जहाज सम्भव हुन्छ, सोही कम्पनीको जहाज लगेर भएपनि नेपालीहरुको उद्धारमा खटिने उनले बताए ।गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

    नेपाल एयरलाइन्सले अघिल्लो साता मात्र आफ्नो वाइडबडी जहाज ए३३० मर्मतका लागि बेन गुरियन एयरपोर्टमा अवतरण गराएको थियो । यो इजरायलको राजधानीमा रहेको विमानस्थल हो । सो जहाजको उडान समय एकतर्फी औसत ७ घण्टा रहेको छ ।सोहीकारण यो विमानस्थलमा नेपालबाट न्यारोबडी जहाजले भने सिधा उडान गर्न सम्भव छैन । सानो जहाज पठाउँदा अर्को कुनै विमानस्थलमा ट्रान्जिट गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं