SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२० गते
    ७६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल आज (शनिबार) विहानैदेखि सक्रिय भएका छन् । संक्रमणकालिन न्याय टुँगो लगाउने विषयमा प्रधानमन्त्री दाहालले आफूलाई सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालले आज एकै समय पारेर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

    भेटवार्ता भने छुट्टाछुट्टै भएको जनाईएको छ । एमाले अध्यक्ष ओलीले भने समसामयिक विषयमा पनि छलफल गरेका थिए । उनले कोशी प्रदेशमा आफ्नो पार्टीका नेता हिक्कमत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन पनि प्रधानमन्त्री दाहालसमक्ष प्रस्ताव राखेको बुझिएको छ । यसका अलावा दुई नेताबीच संक्रमणकालिन न्यायसम्बन्धी विषय टुँगो लगाउनेबारे छलफल भएको बताईएको छ ।

    उता, माधव नेपालले भने प्रधानमन्त्री दाहालसँगको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् । खासगरी अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको उनको प्रतिक्रिया थियो । कतिपयले भने प्रधानमन्त्री दाहाल, ओली र माधव नेपालबीचको भेटवार्तालाई भने कोशी प्रदेशको सरकारको स्थायित्वको लागि सहकार्यको लागि पहलकदमीको रुपमा लिएका छन् । file photo

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं