काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव गरेका छन् ।आइतबार कांग्रेस रुपान्तरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका हुन् ।
‘म त के प्रस्ताव गर्छु भने यो दुई अढाइ वर्ष उहाँहरुले सरकार बनाउने कुरा छ । पहिला प्रचण्ड र त्यसपछि माधव नेपाल, एउटै मोर्चा छ, पार्टी एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ भने कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं’ उनले भने ।