SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/१४ गते
    ४०८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन सोमबार पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।१५ र १६ गते हुने अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।

    पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली हुने शर्माले जानकारी दिएका छन् ।अधिवेशनबाट नेतृत्व सहमतिबाटै चयन गर्ने गरी प्रयत्न गरिरहेको शर्माले बताए ।

    ‘सहमतिको विषयमा टाइमटेबल हुने कुरा भएन । अन्तिम अवस्थासम्म हामी प्रयत्न गर्छौं । तर, आन्तरिक प्रतिस्पर्धा नै हुने भए मेसिनबाट भोटिङ गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

    उद्घाटन सत्रपछि लगत्तै बन्द सत्र सुरु हुने नेकपा एमाले गण्डकी प्रदेशले जनाएको छ । निर्वाचन हुने स्थिति आए १६ गते मतदान गरेर १७ गते साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको प्रदेश अध्यक्ष शर्माले जानकारी दिए ।‘१ हजार जनाभन्दा बढीलाई पोखरामा राखेर ढिलो गर्दा बढी खर्चालु पनि हुन्छ । मेसिनबाटै भोटिङ गर्ने भएकाले सकेसम्म १७ गते साँझसम्म रिजल्ट आउन सक्छ,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं