SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/१२ गते
    २३१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले एमालेलाई वर्तमान सरकारले राम्रो काम गरेकोमा चिन्ता बढेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा दुढतापूर्वक काम गरेकोमा एमालेलाई चिन्ता बढेको बताएका हुन् ।

    ‘कमरेड केपी ओलीलाई यो सरकारले राम्रो काम गरेकोप्रति चिन्ता छ । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले दृढतापूर्ण आफ्नो भूमिका निर्वाह गरेकोमा उहाँलाई चिन्ता छ,’– उनले भने ।

    ओलीले आफू प्रधानमन्त्री भएको बेलामा सात हजार पाँच सय ४१ किलो सुन तस्करीको रिपोर्ट बुझेर पनि एक तोला सुन खोजी गर्न र समाउन नसकेको उनको दाबी छ । ओलीले उल्टो ४ किलो सुनलाई पित्तल बनाएको उनको आरोप छ ।

    ‘कमरेड केपी ओलीकै पालामा छानविन आयोग बनेको थियो । जुन ०७० सालदेखि ०७४ सालभित्र ७ हजार ४ सय ९९ केजी सुन तस्करी भएको रिपोर्ट केपी ओलीले बुझ्नुभयो, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, एक तोला सुन खोज्नु भएन ।’ उनले भने, ‘पछि ३३ किलो सुन प्रकरण आयो, एक तोला खोजिएन, त्यसपछि ९ तोला सुन र पछि ४ केजी सुन त पित्तल नै बनाउनुभयो । सुन तस्करी प्रकरण दुनियाँलाई थाहा छैन ?’अहिलको सुन तस्करी प्रकरणमा सुन एमालेले नसमाएको भन्दै उनले सम्बन्धित निकायले छानविन गरिरहेको बताए । एमालेको उद्देश्य सुन तस्करी प्रकरणमा छानविन आयोग गठन गरेर विषयान्तर गर्ने र संलग्नलाई उन्मुक्ति दिने भएको उनको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं