SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/४ गते
    ३८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।

    मनोनित हुनेमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।

    देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् । भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्माले सहमहामन्त्रीमा पराजित भएका थिए ।

    जोशी, हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य थिए । किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए । रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित शाह त्यसअघि लेखा समितिको सभापति थिए । रुंगटा उद्योगपति हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं