SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२३ गते
    ५५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) लाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् ।शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्री प्रचण्डले योङ्ग कम्युनिस्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ,’– उनले भने ।

    जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्त गरे । अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए । सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनले बताए ।

    भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तलिएको उनले बताए । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै उनले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानीजस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए ।छिट्टै चीन भ्रमण जानलागेको बताउँदै उनले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं