SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२२ गते
    ३३९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    नवनियुक्त मुख्यमन्त्री कार्की आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छ्न भने सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले आज तिलकुमार मेन्याङ्वो, एकराज कार्की, पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका छन् भने सिर्जना राईलाई राज्यमन्त्री बनाएका छन् ।

    मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन । भने सिर्जना भोजपुरबाट समानुपातिक सांसद भएकी हुन् ।

    कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

    त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्री नियुक्त भएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं