SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२० गते
    ३७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।बुधवार काठमाडौंमा भएको कार्यक्रममा उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताए ।

    ‘युद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन्’ उनले भने, ‘प्रचण्डले पीडितका घरघरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जान सक्छौं ।’

    नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने उनले बताए ।

    ‘नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ’ गौतमले भने, ‘त्यो व्यवस्था उँच, निच, छुवाछूत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नैपर्छ ।’समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पूँजीवाद भन्दा अरु केही नरहेको जिकिर पनि उनले गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं