SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१७ गते
    ४३५ &#२३४६;&#२३३५;&#२३२५;

    चौतारा ।

    सिन्धुपाल्चोकको लिपिङस्थित नेपाल -चीनबिचको ऐतिहासिक व्यापारिक तातोपानी नाकाबाट शुक्रबादेखि दोहोरो मानव आवतजावत हुने भएको छ ।

    २०७२ सालको महाभुकम्प र कोभिड -१९ को चपेटाका कारण लामो समयसम्म बन्द रहेको नाका दुइतर्फी खुलेको तीन महिना पछि मानव आवतजावत हुन लागेको हो । पाँच दिन अघि तातोपानी नाकाबाट मानव आवतजावत गर्ने सहमती कार्यान्वयन गर्न सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’को नेतृत्वमा काठमाडौंमा सर्बपक्षीय छलफल भएको थियो ।

    चिनियाँ पक्षबाट सेप्टेम्बरमा नाकाहुँदै मानव आवतजावतको संकेत पाएपछि तातोपानी क्षेत्रलाई व्यवस्थित गर्ने, सो क्षेत्रको भग्नावशेस हटाउन संघीय सरकारलाई आग्रह गर्ने, लिपिङ क्षेत्रको बजार पुनर्स्थापित गर्ने विषयमा छलफल भएको थियो ।

    गत शुक्रबार सांसद सापकोटा नेृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई बालुवाटारमा, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी तातोपानी नाका व्यवस्थित गर्ने विषयमा ध्यानाकर्षणपत्र बुझाएको थियो ।

    मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ, ”,

    उनले नेपालका तर्फबाट अध्यागमन विभागले चीन जाने पास जारी गरेको जानकारी दिए । नेपालका तर्फबाट कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन ।

    विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा गत मे १ अर्थात बैशाख १८ देखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । न्यौपानेका हाल अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । खासामा पनि बजार नरहेकोले हाल नेपालबाट पुल पारि पुगेर सामान किन्न सकिने अवस्था मात्र हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं