काठमाडौं, ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीेले राजनीतिमा आउन चाहेमा एमालेले वेलकम गर्ने बताएका छन् ।
एमाले कोशी प्रदेश समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन चाहे कसैले पनि रोक्न नसक्ने बताए ।
‘उहाँले राजनीति गर्छु भन्दा हामी उहाँलाई निषेध गर्दैनौं । उहाँ आएर हाम्रो नेतृत्व गरे ठीक छ । उहाँलाई सधै वेलकम छ,’– ओलीले भने ।
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका नेताहरुले भेट्दैमा हल्ला चलाउन पर्ने कुनै कारण नरहेको उनले बताए ।