SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/७ गते
    १०१२ &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम ।

    जनकपुरधामका साधु सन्तले गोरु खानेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । बुधबार तुल्सी जन्मोत्सवमा आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी साधु सन्तहरुले साे माग गरेका हुन् । उनीहरुले गाई–गोरुको हत्या गर्नेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    केही दिनअघि कोशी प्रदेशस्थित धरानमा केही व्यक्तिहरुले गाई/गोरु काटेर सामूहिक भोजको आयोजना गरेको घटना बाहिरिएको थियो । जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाई/गोरु काटेर मासु खानेलाई सरकारले कानुन बमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिए । उनले कारबाही नगरे साधु सन्तहरु चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी समेत दिए ।

    वैष्णवले भने, ’नेपालमा गाईलाई मातासरह पुजिन्छ । हामी साधुसन्तसहित हिन्दु समाजले गाई/गोरुलाई माता मानेर पूजा गर्छौ । तर धरानमा केही व्यक्तिहरूले गाई/गोरुलाई काटेर सामूहिक भोज गरे । यसरी गाई÷गोरु काटेर मासु खानेहरुलाई सरकारले कारबाही नगरे अब हामी साधुसन्त समाज र जनकपुरवासी चुप्प बस्नेवाला छैनौ । हामी आन्दोलनमा उत्रनेछौँ र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ ।’

    उनले गाई गोरु काट्नेहरु अपराधी भएको समेत बताए । ‘नेपालका विभिन्न ठाउँमा हिन्दु धर्म प्रतिको ठाँडो हस्तक्षेप स्वरूप गाईगोरुको हत्या भएको छ, त्यसका अपराधीहरूलाई कानुनी कारबाहीको लागि माग गर्दछु,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं