SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/६ गते
    १९०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

    काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

    दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

    ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भने । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं