SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/५ गते
    ५१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सिआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उक्त प्रकरणमा ‘प्रतिवादी कायम गर्नु नपर्ने’ भनेको छ ।

    सिआईबीको टोलीले पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको घरमा नै पुगेर उक्त प्रकरणमा बयान लिएको थियो । साथै, पूर्व मुख्य सचिव लिलामणि पोखरेललाई पनि प्रतिवादी बनाउन नपर्ने भनी सिआईबीले सिफारिस गरेको छ ।

    ललिता निवास जग्गा प्रकरणमा हालसम्म २३ जना पक्राउ परेपनि अदालतको आदेशमा ५ जना रिहा भइसकेका छन् । अन्य १८ जना थुनामै रहेका छन् ।

    सिआईबीले सरकारी कागज किर्ते आरोपमा उनीहरुमाथिको मुद्दा अगाडि बढाउन सिफारिस गरेको छ । अनुसन्धान सुरु भएको ५७औं दिनमा सिआईबीले प्रतिवेदन बुझाएको छ । संगठित अपराधमा ६० दिनभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गर्नुपर्ने कानुनी प्रावधान छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं