काठमाण्डौं ।
नेपाली फुटबलका स्टार स्ट्राइकर विमल घर्ति मगर विवाह बन्धनमा बाँधिएका छन् । विमल आफ्नी प्रेमिका लिना प्रधानसङ्ग भदौ ३ गते आइतबार विवाह बन्धनमा बाँधिएका हुन् ।
यी दुबै लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । उनीहरुले भद्रकालिस्थित भद्रकालि मन्दिरमा विवाह गरेका हुन् ।
फरवार्ड विमलले एएफसी कप छनौट अन्तर्गत पारो एफसीबिरुद्धको खेलमा म्यान अफ दि म्याच बनेपछि आफ्नी प्रेमिका लिनालाई उक्त गोल उपहारको रुपमा समर्पण गरेका थिए ।