SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/३ गते
    ३५९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका छन् । गठबन्धनका नेताहरु बैठक बसेर कसैको बयान लिने/नलिने निर्णय गर्न नसक्ने उनले बताए ।

    गठबन्धनका नेताहरु बसेर यो विषयमा छलफल गर्न पाउनुहुन्छ ?,’ आइतबार झापा शिवसताक्षीमा आयोजित कार्यक्रममा उनले भने, ‘म त भनिरहेको छु, कांग्रेसको बैठक होइन, गठबन्धनको बैठक लाइभ गर्नुपर्दछ । त्यहाँ के कुरा भयो देश र जनताले थाहा पाउनुपर्दछ ।’बैठक हुनुअघि र पछि व्यक्त विचारमा फरक-फरक भाषा देखिने गरेको उनले बताए ।

    नक्कली सुन प्रकरणको अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘सुशासनको काम गरिरहेको भनि प्रशंसा पाइरहेको बेलामा प्रहरी अधिकारीहरुको सरुवा भइरहेको सुनिरहेका छौं,’ थापाले भने । सुन काण्डमा राज्यले गरेको अनुसन्धान चित्त नबुझेको एमालेले भनिरहे पनि राज्य निकायहरु अनुसन्धान गर्न सक्षम रहेको उनले दाबी गरे ।

    भ्रष्टाचारका फाइल खोल्ने विषयमा दलहरुले बदलाको रुपमा लिएको थापाले बताए । ‘एउटाले भन्छ, म सुन काण्डको भ्रष्टाचारको छानबिन गर्छु । अर्कोले भन्छ, ठूलो कुरा गर्छस्, गिरीबन्धु टी स्टेटको फाइल खोलिदिँउ ?’ थापा भन्छन्, ‘अर्कोले भन्छ, गिरीबन्धुको खोलिस् भने लडाकु शिविरको खोलिदिन्छु । अर्कोले भन्छ, मिलौं, कसैको नखोलौं ।’

    यति, ओम्नी, गिरीबन्धु टी स्टेट, ललिता निवास, सुन काण्ड, शिविर घोटला लगायत सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने उनले बताए । ‘सबै काण्डको फाइल खोलिनुपर्दछ । त्यसमा अनुसन्धान हुनुपर्दछ । निर्दोष एक जना पनि पर्न हुन्न । दोषी हाम्रो पार्टीको होस् कि अर्को पार्टीको होस्,’ थापाले भने, ‘कि पूर्वप्रधानमन्त्री होस् कि, जोसुकै ठूलो नेता होस्, सानो होस् । एक जनाले पनि उन्मुक्ति पाउनु हुन्न भन्ने कुराको पोजिसन कांग्रेसको बन्नुपर्दछ ।’

    व्यक्ति भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो उसको निजी कुरा हुने उनले बताए । माथि बस्ने एउटा नेताले गरेको गल्तिको भारी तल बस्ने कार्यकर्ताले पनि बोक्नुपरेको उनले सुनाए । उपल्लो तहमा रहेको नेताले गरेको भ्रष्टाचारका कारण तल्लो तहमा रहने कार्यकर्ताले दश ठाउँमा दश थरी कुरा सुन्नुपरेको थापाले बताए । कार्यकर्तालाई उनले भने, ‘तपाईंहरु मेरो कारणले कांग्रेसलाई दुई भोट भए पनि बढोस् भन्नुहुन्छ । तल्लो तहमा रहेको कार्यकर्ताले यसरी काम गरिरहेको बेलामा माथिको नेताले गल्ति गर्दा त्यसको भारी तपाईंले पनि बोक्नु परिरहेको छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं