SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/३२ गते
    ३७१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा थुनामा रहेका प्रतिवादीले उच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ ।यस प्रकरणमा पक्राउ परेर केन्द्रीय कारागार सुन्धाराको थुनामा रहेका नरेन्द्र केसी, टेकनारायण पाण्डे, आङटावा शेर्पा, इन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँ र गोविन्द चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको हो।

    गत असार १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले यस प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई थुनामा पठाउने आदेश दिएको थियो भने । लक्ष्मी महर्जन र टंकबहादुर गुरुङलाई भने धरौटीमा छोड्ने आदेश दिएको थियो । जिल्ला अदालतको उक्त आदेश बदर गरेर थुनामुक्त गर्न माग गर्दै उनीहरु साउन १२ र १७ गते दुइपटक उच्च अदालत पाटन पुगेका थिए ।

    नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, विचौलिया केशव दुलाल, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितको मुद्दामा भने सुनुवाइ बाँकी छ।उनीहरुको कैफियत प्रतिवेदन जिल्ला अदालतबाट अझैसम्म आइनपुगेकाले पेसीमा नचढेको हो।सुनुवाइ सकिएकाको हकमा भने उच्च अदालत पाटनले उनीहरुको निवेदनमा सुनुवाइ सकेपछि धरौटी लिएर थुनामुक्त गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नेबारे आदेश दिनेछ ।

    उच्च अदालतले तारेख वा धरौटीमा थुनामुक्त गर्ने आदेश दिएमा उनीहरु सोही आदेशमा उल्लेख भएको व्यवस्था बमोजिम थुनामुक्त भई सुरु अदालतमा चलेको मुद्दामा सहभागी हुन सक्नेछन् । धरौटी वा तारेख अस्वीकार गरेको अवस्थामा भने उनीहरु थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । उच्च अदालतको आदेश पनि बेरितको लागेमा भने उनीहरु सर्वोच्च अदालतमा निवेदन लिएर जान सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं