SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२५ गते
    ४३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि पक्राउ परेको जानकारी सभामुखलाई गराउने तयारी भइरहेको छ। प्रहरी प्रवक्ता कुबेर कडायतले रिपोर्टर्स नेपाललाई सांसद शर्मा पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई जानकारी गराउने तयारी भइरहेको बताए।

    शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र कृते गरेको आरोपमा बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको पनि प्रवक्त कडायतले बताए। संविधानको धारा १०३ को उपधारा ६ मा संसद्को अधिवेशन जारी रहँदा सांसद पक्राउ गर्नुपरे सभामुख वा संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ ।

    संविधानको धारा १०३ को उपधारा ६ मा भनिएको छ “संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ,” शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं