SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२३ गते
    ३२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। एक सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उच्चस्तरीय छानविन समितिको माग गर्दा लामो समयदेखि संघीय संसद्का दुवै सदन सुचारु हुन सकिरहेको छैन । एमाले उच्चस्तरीय छानविन समितिको अडानबाट पछाडि नहट्दा तीन पटक संसद् बैठक बस्दैनबसी स्थगित भइसकेको छ ।

    संसद् बैठक सुचारु गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच पटक–पटक छलफल भएपनि एमाले उच्चस्तरीय छानविन समितिबाट पछि नहट्दा र सरकार त्यसका लागि तयार नहुँदा सहमति जुट्न सकेको छैन । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पनि संसद् सुचारु गर्ने विषयमा सहमति नजुटेको एमाले सचेतक महेश बर्तौलाले बताए ।

    आजको प्रतिनिधि सभा बैठकमा सुन तस्करीका बारेमा उठेका प्रश्नहरुको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति बनेको उनले बताए । संसद् सुचारु गर्ने विषयमा सरकार गम्भीर नरहेको र आफ्नै अडान राखेर बसेको उनले बताए । छानविन समिति बनाउँदा हामी सबैको जेल जानपर्ने हो कि भन्ने कुराबाट सत्ता पक्षका नेताहरु चिन्तित देखिएको उनको भनाई छ ।

    ‘संसद् सुचारुका लागि सरकार तयार छैन । प्रतिपक्षले सहमति गरौं भन्यो उहाँहरु सहमति गर्ने पक्षमा हुनुहुन्न । अडान राखेर बस्नुहुन्छ । छानविन समिति बनाउँदा हामी सबै जेल जानपर्ने हो कि भन्ने कुराबाट चिन्तित भएको देखिन्छ । त्यसकारणले गर्दा उहाँहरु यो विषयमा तयार हुनुहुन्न,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै बर्तौलाले भने ।

    सरकार संसद् सुचारु गरेर समस्याको समाधान गर्नेभन्दा पनि प्रतिपक्षीलाई गलाउने, थकाउने, जनताको बीचमा एमालेले लामो समय संसद अवरुद्ध गर्यो भनेर भ्रम छर्ने खेतीमा लागेको बर्तौलाको अरोप छ ।‘उहाँहरु प्रमुख प्रतिपक्षीलाई गलाउने, थकाउने, जनताको बीचमा एमालेले लामो समय संसद अवरुद्ध गर्यो भनेर भ्रम छर्ने खेतीमा हुनुहुन्छ । संसद् सरकारले नै रोकिरहेको छ । अवरुद्ध गरेको छ । संसद् चलाउनेतर्फ सरकार कुनै हिसाबले जिम्मेवार छैन,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं